बागमती अध्यक्ष कप छोर्गे युवा क्लब को ‘बी’ टिमलाई

उज्यालो प्रतिनिधि  / प्रकाश थिङ, ललितपुर ।  बागमती गाउँपालिकाको आर्थिक सहयोगमा बागमती खेलकुद समितिको सह-आयोजनामा भएको बागमती अध्यक्ष कप दोस्रो फुटबल प्रतियोगिता पुस २५ देखि पुस २९ गते सम्म भएको खुल्ला फुटबल प्रतियोगिमा ललितपुरको बागमती गाउँ पालिका वडा नं ४ को प्युटारको छोर्गे युवा क्लब को B( बि ) टिमले जित हासिल गरेको छ।

छोर्गे युवा क्लब को A टिम दोस्रो र बगुवा युवा क्लब तेस्रो, वडा नं ७ बसन्त युवा क्लब चौथो भएको छ। उक्त कार्यक्रम बागमती गाउँपालिका वडा नं. ४ प्युटारको खयरघारी खेलकुद मैदानमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ बागमती खेलकुद समितिको सह-आयोजित खुल्ला बृहत बागमती अध्यक्ष कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष वीर बहादुर लोप्चानले समापन कार्यक्रम लाई सम्बोधन गर्दै भने, “जिल्ला,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत फूटबल खेल्न सक्ने खुवी भएका,खेलाडी यो पटक सातै वडा बाट छान्न जिम्मेवारी दिएको छ। छिटै त्यस टिमलाई ब्यवस्थित गर्ने गरि अगाडि बढ्न अरु गाउँ पालिकामा खेल्न सक्ने तयारी गर्नुपर्छ ।”

७ वडा बाट यो पटक धेरै युवा खेलाडी सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँपालिका गौरवको विषय रहेको उनको धारणा छ ।

नेपालमा फूटबलको इतिहास स्मरण गराउँदै उहाँले भन्नुभयो–“विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर ईतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा हो,२००४ सालमा नरशम्सेरद्धारा सुरु फूटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फूटबलको रुपमा शुभारम्भ भयो,खेलप्रति नेपालीको दृष्टिकोण उदार भएन,यिनै कठिन यात्राकोबिचमा आज बागमती गाउँ गाउँगाउँमा आईपुग्नु र आज दोस्रो पटक प्रतियोगिता हुनु सामान्य हैन,यो पालिकाको लागि गौरवको विषय हो ।” लोप्चानले आगामी दिनमा यसखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विषेश अतिथि गाउँ पालिकका उप प्रमुख रन्जना तिमल्सिना घिमिरेले युवा जागरण,युवा सिर्जनशीलताको सम्मान मिल्ने यसखाले प्रतियोगिता भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले अब छिटै नै गाउँ पालिका उप अध्यक्ष कप ब्यटमिन्टन प्रतियोगिता गर्ने जानकारी गराए ।

विषेश अतिथि गाउँ पालिका को प्रशासकिय अधिकृत खम्बराज राईले सुन्दर गाउँ पालिका बनाउन सबै लाग्नु पर्ने र गाउँपालिका योजनालाई सफल बनाउन मिलेर काम गर्ने बताए । “अहिलेक‍‍ो अवस्थामा खेलकुद माध्यम बाट नै आफ्नो गाउँ तथा देश अन्तर्राष्ट्रिय स्तर सम्म खेलाडीले आफ्नो प्रतिभा देखाउन महत्त्वपूर्ण भुमिका खेलाडी महत्त्व हुन्छ ।

वडा अध्यक्षहरु नेपाल तरुण दलको क्षेत्रीय अध्यक्ष कमल लो विभिन्न राजनीति दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि उल्लेखनीय सहभागी रहेको थियोे ।

कार्यक्रम सभापति बागमती खेलकुद समितिका अध्यक्ष बुद्ध राज नेगिले भने,”यो पटक हामीले गाउँ पालिकाले दिएको जिम्मेवारी लाई पुरा गरेको छ निकट भविष्यमा पालिका भित्र बाट छानिएको २५ जना खेलाडीलाई तालिम सहित ब्यवस्थापन गर्ने बचा सहित अवधारणा पालिका संघ सहकार्य गरि ल्याउने बचा सहित ,आज यो सफल भएको छ,उहाँहरु लगायत नैतिक,भौतिक,वौद्धिक रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button