संयुक्त लगानीमा स्थापित उद्योगले विदेशी साझेदार समूहबाट पनि ऋण लिन सक्ने

काठमाडौं । विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरुले आफ्नो ‘प्यारेन्ट’ कम्पनीको समूहबाट पनि ऋण लिन सक्ने भएको छ ।

यसअघि विदेशी प्रमोटरबाट मात्रै ऋण लिन सक्नेमा अब केन्द्रीय बैंकले विदेशी प्रमोटरको समूहबाट समेत ऋण लिन सक्ने व्यवस्था गरेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।

उक्त व्यवस्थाले विदेशी लगानीबाट सञ्चालित कम्पनीहरुले विदेशबाट ऋण ल्याउन चाहे ऋणको दायर विस्तार हुने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले यसरी ल्याउने ऋणमा ब्याजदर नतोके पनि अब भने ब्याजदरसमेत स्पस्ट रुपमा खुलाएको छ । “विदेशी साझेदार कम्पनीहरुको समूहबाट ल्याउने ऋणमा ब्याजदर अधिकतम ३ प्रतिशत थपेर मात्रै लिन पाइन्छ ।

भारतबाट लिइने ऋणको हकमा भने रिजर्भ बैंक अफ इन्डियाको एक वर्षे एमसीएलआरको औसतसम्म र चीनबाट लिइने ऋणको हकमा १ वर्षे एलपीआरसम्म हुन पाउँछ,” राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

यरी ल्याइने ऋणको सीमा विदेशी साझेदारले नेपाली उद्योगमा गरेको कुल लगानीको ६० प्रतिशतसम्म मात्रै ल्याउन पाउनेछन् । “नेपालमा पूर्वाधारलगायत अन्य क्षेत्रमा लगानी बढ्दै जाँदा विगतमा जस्तै स्रोत अभाव हुन सक्छ, त्यस्तो अवस्थामा विदेशी लगानी आवश्यक पर्छ, जसलाई सहज बनाउने मौद्रिक नीतिको व्यवस्थाअनुसार यी ऋणको दायरा विस्तार गरिएको हो,” राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने ।

यद्यपि बैंकहरुले नेपालमा ऋण नलिएर विदेशबाट ऋण ल्याउनुपर्ने कारण भने खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । जुन नियमित प्रक्रिया नै हो । त्यसरी आउने ऋण भने बैंकिङ च्यानलबाटै आउनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button