प्रतिनिधि सभा विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा सोमबार पुन: सुनुवाइ हुने भएको छ। आइतबारको सुनुवाइ सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

उक्त कदमविरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ । उक्त मुद्दाबारे आजदेखि निरन्तर सुनुवाइ सुरू भएको थियो।

आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए। उनीहरूले रिट निवेदकका तर्फबाट बहस गरेका हुन्।

बहस गर्दै विघटनविरूद्ध उभिएका बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधि सभा विघटन हुन सक्ने बताए ।

पहिलो प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा। दोश्रो, संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको अवस्थामा।

भीमार्जुनले प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयमा संविधानले ‘व’ समेत उच्चारण नगरेको तर्क गरेका थिए।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटन विरुद्ध एक दर्जनभन्दा बढी रिट सर्वोच्चमा परेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button