चुनावको नाममा अनावश्यक खर्च नगर्न निर्वाचन आयोगलाई प्रचण्ड माधव पक्षको सुझाव

काठमाडौं । निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
आइतबार छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एव १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ ।
आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
छलफलमा सहभागी नेकपाको दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको तर अहिले चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।
प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र संसद् पुनर्स्थापना या चुनावबारे अहिले नै निर्क्याोल नभइ सकेकाले चुनावको तयारी गर्नु उचित नहुने कुरा आफूहरूले राखेको नेता पाण्डेले उनले जानकारी दिए ।
चुनाव नहुने र अहिलेकै अवस्थामा निर्वाचन आयोगले निष्पक्ष चुनाव गराउन पनि नसक्नेबारे आफूहरूले ध्यानाकर्षण गराएको नेता पाण्डेको भनाइ छ ।
आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।
तर, संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहस जारी रहेको र दलहरु तथ नागरिक समाजले प्रधानमन्त्रीको कदम असंवैधानीक भन्दै आन्दोलित भएकाले निर्वाचनबारे अन्योल कायम छ ।