कोरोना अपडेट: थप २६६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ।
आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय २१ जना क्वारेन्टाइनमा छन्।