नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।

परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्वकार्यकारिणी समिति सदस्यहरु विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल छन् ।

त्यसैगरी, वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोसाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरुमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगन्ज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन् भने प्रदेश समूहबाट परिषदको सदस्यहरुमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल छानिएका छन् ।

अन्य क्षेत्र र वर्ग मध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, बाबुकाजी कार्की चुनिएका छन् भने परिषद्को आमन्त्रित सदस्यहरुमा क्रमशः नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका आङ दोर्जी लामा, एनसेल नेपाल प्रालिका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह छन् ।

परिषद्ले असल श्रम सम्बन्धको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघ–संस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानको लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्ने लगायतका काम गर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button