पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको आयल निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ।

ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button