नेकपा विभाजनको प्रभाव प्रेस संगठनमा, गरे समानान्तर भेलाको आयोजना

काठमाडाैं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई पक्षमा विभाजन भएपछि यसको प्रभाव पत्रकारहरुको संस्था प्रेस संगठनमा पनि देखिएको छ । ओली र प्रचण्ड–नेपाल दुई पक्षमा विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो ।
पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षीय पत्रकारहरुले प्रेस संगठनको समानान्तर भेलाको आयोजना गरेका छन् । मंगलबार प्रचण्ड– नेपाल पक्षीय पत्रकारले भेलाको आयोजना गरेको थियो ।
भेला अघि प्रेस संगठनले काठमाडौंमा विरोध र्याली निकालेको थियो भने भेलालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गरेका थिए । त्यस्तै ओली पक्षिय पत्रकारहरुको भेला बिहीबार बोलाइएको छ । भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।