‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्‍यौँ, र त्यो भन्दा धेरै गर्‍यौँ ’- ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् ।

ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्‍यौँ, र त्यो भन्दा धेरै गर्‍यौँ ।’ ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो ।

उनले भनेका छन्, ‘मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ‘ किनकी तपाईँहरुले मलाई त्यसकै लागि निर्वाचित गर्नु भएको थियो ।’

ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् ।

सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए । बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा बुधबार शपथ लिँदै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button