प्रदेश १ को प्रदेश सभा अधिवेशन केही मिनेटमै स्थगित

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केही मिनेट बसेर स्थगित भएको छ ।

बुधबार दिउँसो बसेको बैठकको सुरुवातमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रखुम सोमनाथ प्यासीको पत्र पढेर सुनाएका थिए ।

पत्र पढेर सुनाएलगत्तै सभामुख भण्डारीले बैठक स्थगित भएको जानकारी दिए ।

केही बेरअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुनाउने सहमति भएको थियो ।

आजको बैठकका लागि प्रदेश प्रमुखबाट हिउँदे अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने एक मात्र कार्यसूचीमा समावेश थियो । र्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो ।

नेकपा विभाजनपछि पछि नेकपाकै प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

त्यस्तै ओली पक्षले प्रचण्ड नेपाल समूहका सांसदहरुलाई कारबाही गरेका कारण प्रदेश सभामा के हुन्छ भन्ने चासो रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button