अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले लिए सपथ

बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्।
बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्।
त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन्।
४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् ।
बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए।