ट्रम्पले छाडे ह्वाइट हाउस

एजेन्सी । अबको केही घन्टामात्र अमेरिकी राष्ट्रपति रहने डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् ।

उनी हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेको सीएनएनले जनाएको छ। त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गर्नेछन्। ट्रम्पका साथ उनकी पत्नी मेलिना पनि रहेकी छिन् ।

ट्रम्प ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका थिए। उनको अन्तिम विदाई समारोहमा उपराष्ट्रपति माइक पेन्स भने उपस्थित हुने छैनन्।

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन्।

बुधबार मध्यान्न सपथग्रहण समारोह आयोजना हुनेछ। उक्त कार्यक्रममा ट्रम्प उपस्थित नभएपनि उपराष्ट्रपति पेन्सभने उपस्थित हुनेछन्।

ट्रंपले पहिलानै बाइडनको शपथमा सहभागी नहुने जनाइसकेका थिए । कार्यकाल सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button