मनिप्रसाद गुरुङ्ग स्मृति खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता चितवनमा हुदै

चितवन । लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको पश्चिम चितवनको पदमोदय युवा क्लबले यसबर्ष पनि भलिबल प्रतियोगिता गर्ने भएको छ ।
बिगत २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर पर्यटकीय नगरी पटिहानीमा अवस्थित भरतपुर- २२, पदमपोखरी क्लबले भलिबल प्रतियोगिता गर्दैछ ।
फाल्गुन २७ गतेदेखि २९ गतेसम्म क्लब परिसरमा आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न १६ टिम सहभागी हुने क्लबले अपेक्षा गरेको छ ।
जिन्दगीको अन्तिम अवस्थासम्म खेलकुदका लागि समर्पित पुर्व राष्ट्रिय खेलाडी, खेलप्रेमी एवम् क्लबका सल्लाहकार तथा खेल ब्यबस्थापन समितिका संयोजक समेत रहनुभएका स्व. मनिप्रसाद गुरुङ्गको सम्मानमा यसपटक क्लबले “मनिप्रसाद गुरुङ्ग स्मृति खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७७” को आयोजना गर्न लागेको क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो ।
झण्डै ४ दशक रूपमा ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गरिसकेको छ । यस बर्षको प्रतियोगिताको स्वरुप बारेमा केही दिनमा बिस्तृत जानकारी गराईने समेत बताईएको छ ।
पदमोदय युवा क्लबको आयोजनामा सन्चालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका, प्रबर्द्धकहरुमा बागमती प्रदेश खेलकुद बिकास परिषद, २२ नम्बर वडा कार्यालय र चितवन जिल्ला खेलकुद बिकास समिति रहने छन् ।