सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश

शंकर श्रेष्ठ, चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा बुधबार भएको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिजयी भएको छ ।

१ – ० गोल अन्तरले सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश गरेको हो । खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ्ग घोषित भएका छन ।

प्रतियोगिता अन्तरगत आज (बिहिवार) दिउँसो २ बजे काठमाडौं – ११ र लेखनाथ युनाइटेड क्लब पोखरासंग खेल हुने आयोजकले बताएकाे छ ।

प्रतियोगितामा बिजेता टोलीले २ लाख उपबिजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले सुपरपाटि डटकमसंग जानकारी दिनुभयाे।

सोहि खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, काठमाडौं, तनहुँ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको बताएकाे छ । सो खेल आगामी माघ १० गतेसम्म चल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button