ओलीको असैंवधानिक कदमविरुद्ध कांग्रेसद्वारा कोहलपुरमा बिरोध प्रर्दशन

यमु कडेल, बाके । ओलीको असैंवधानिक कदमविरुद्ध कांग्रेसले आज देशभर प्रर्दशन गरको छ ।

केपी वली नेतृत्वको सरकारले गरेको असंवैधानिक तथा अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रसले आज देशभरसँगै कोहलपुरमा पनि विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले यो सरकार अधिनायकवाद र सर्बसत्तावाद तिर उन्मुख भएको बताउनुभयो ।

‘जब देशमा कम्युनिस्ट सरकार बन्यो तब हत्या हिंसा बलात्कार र भ्रस्टाचारहरु झन संस्थागत हुँदै गएको छ’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल तरुण दलका नेता मदन भण्डारीले यदि यो सरकारले आफनो प्रतिगामी कदम यथाशीघ्र बन्द गरेन भने देशभर आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए ।

नेविसंघका जुझारु विद्यार्थी नेता युवराज विष्टले नेकपाको आन्तरिक भागबन्डा नमिलेर आज सिङ्गो मुलुकलाई नै संकटकाल तिर धकेलेको आरोप लगाए ।

ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट संसद विघटन गरी मध्यावधी निर्वाचन गरेर देशको ढुकुटी रित्याउने र जनता झुक्काउने खेल खेलिरहेकोले यदि कम्युनिस्टहरु बेलैमा सच्चिएन भने नेपाल विद्यार्थी संघ बम बनेर सिंहदरबार र बालुवाटारमा विस्फोट हुने समेत उनले चेतावनी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button