विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ८० लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ८० लाख ३० हजार ९ सय ६६ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
वल्डोमिर्टसको बिहानको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाअ ३७ हजार ४ सय १९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै विश्वमा २० लाख ९७ हजार ७ सय १५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
जहाँ एकैदिन १५ हजार ८ सय ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै ७ करोड ४ लाख २९ हजार २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।