धार्मिक आस्थाका भवन र स्थलमाथिको आक्रमण अस्वीकार्यः जनजागरण पार्टी

ललितपुर । जनजागरण पार्टी नेपालले धार्मिक आस्थाका भवन र स्थलमाथिको आक्रमण अस्वीकार्य हुने बताएको छ ।
बुधवार प्रेस विज्ञप्ति जारी गर्दै जनजागरण पार्टीले माघ ६ गते मंगलबार विहान ११ बजे बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० गायत्रीनगर स्थित नयाँवस्ती ख्रीष्टियन मण्डलीको चर्च भवन प्रहरी प्रशासन तथा स्थानीय निकायको प्रत्यक्ष संलग्नतामा बलपूर्वक भत्काइएको घटना अत्यन्तै गैरजिम्मेवारीपूर्ण र निन्दनीय बताएको हो ।

जनजागरण पार्टीको जारी विज्ञप्तिमा भनिएको छ, ‘अल्पसंख्यक समुदायको हित र मत संरक्षणबारे अझै बढी सम्वेदनशील बन्नुपर्नेमा स्थानीय सरकारको यो गैरसहिष्णु, असमावेशी र विभेदकारी कदम तत्काल सच्याउन, पीडित समुदायको मानहानिको समुचित क्षतिपूर्तिसहित तुरून्त उपचारात्मक कदम चाल्न र अल्पसंख्यक समुदायको धार्मिक भावनामाथि आघात हुनेगरी उक्त घटना घटाउन संलग्न प्रहरीप्रशासनका अधिकारीसमेतलाई तत्काल उचित नसिहतसहित कार्वाही गरियोस् भनी हाम्रो पार्टी सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

पार्टीका केन्द्रिय अध्यक्ष डा. वि.पी. खनालको हस्ताक्षरित विज्ञप्तिमा अगाडी भनिएको छ,‘ ‘भविष्यमा यसप्रकारका गैरजिम्मेवार तथा भेदभावपूर्ण व्यवहार कुनै पनि धार्मिक आस्थाका समुदाय र उनीहरूका धार्मिक पवित्र स्थलहरूमाथि नगरियोस् भनी सबै पक्षलाई सचेत समेत गराइन्छ ।

देश धर्मनिरपेक्षतामा प्रवेश गरेपनि राज्यद्वारा प्रायजसो अल्पसंख्यक ख्रीष्टियन आस्थामाथि दमन र अपहेलना भईरहँदा आम अल्पसंख्यक धार्मिक समुदायको संरक्षणमा राज्यको प्रत्येक नागरिकका धार्मिक आस्थाको प्रबर्धन, अवलम्वन, पालन र शिक्षादीक्षाको नीतिगत व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button