त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुल्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ । प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो ।

कोभिडका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको भन्दै प्राधिकरणले विमानस्थल सञ्चालनको समय घटाउने तयारी गरेको हो । ६ बजेबाट खुल्ने विमानस्थल राती ३ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब प्राधिकरणले राति १२ बजेसम्म मात्रै खोल्ने तयारी गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनको समय घटाउने विषयमा छलफल भइरहेको र निर्णय भने भई नसकेको जानकारी दिए । अहिले सामान्य अवस्थामा ८० वटा उडान तथा अवतरण हुने विमानस्थलमा मुस्किलले २० वटामात्रै उडान तथा अवतरण भइरहेको छ ।

प्राधिकरणले अहिले सञ्चालनको समय घटाएर पुनः उडान चाप बढेपछि समय थप गर्नेगरी १८ घण्टामात्रै सञ्चालन गर्ने तयारी गरेको पोखरेल बताए ।

नयाँ नियम लागू भएपछि बिहान ६ बजेबाट खुल्ने विमानस्थल राति १२ बजे बन्द हुनेछ । त्यसपछिको समयमा उडान गरिरहेका एयरलाइन्स कम्पनीलाई पनि सोहीअनुसार तालिका तय गर्न प्राधिकरणले सूचना जारी गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button