उद्योग महासङ्घको पूँजी बजार समिति विस्तार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ।

महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन्।

यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल छन्। यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन्।

उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ।

पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button