नेकपाको साधारण सदस्य नरहनेगरि प्रधानमन्त्री ओली निष्कासित

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ।

आइतबार बसेको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो।

माघ ५ गते प्रचण्ड-माधव पक्षले ओलीलाई पार्टी विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। तर, ओलीले कुनै जवाफ दिएका थिएनन्।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपछि दाहाल–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button