प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित सर्वोच्चमा मुद्धा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार अदालतमा निवेदन दर्ता गरेका हुन।

‘प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु’, सर्वोच्चमा दायर भएको रिटमा उल्लेख छ।

नेपालको संविधानको धारा २० ले कानून व्यवसायीलाई संरक्षण प्रदान गरेको छ । धारा २२ ले कानून व्यवसायीलाई अदालतमा उपस्थित हुने र बहसपैरवी गर्ने अधिकार दिएको छ।

धारा २४ मा कानून व्यवसायीलाई विशेष सुविधा दिएर अदालतमा बोलेका कुरालाई संरक्षण प्रदान गरेको छ । निवेदनमा संविधानले गरेको यो व्यवस्थाको सबैले सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीले यसका विरुद्ध हुने गरी अभिव्यक्ति दिनु पदीय जिम्मेवारी विपरित हुने उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button