प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै असहयोग गरेको छैन: सभामुख

काठमाडाैं, १२ माघ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै असहयोग नगरेको बताएका छन् ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आएका छन् । सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गरे ।

आज अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले वर्षे अधिवेशनले नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गरे ।

हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन, सापकोटाले भने।

प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने अन्तर पार्टी महिला सञ्जालको मागप्रति आफू गम्भीर रहेको पनि उनले बताए । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

अध्यक्ष सावित्रा भुसाल सहितका नेतृहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button