भारतले आज ७२औं गणतन्त्र दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७२औं गणतन्त्र दिवस मनाउँदैछ। दिवसका अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिंदैछ।

विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ। त्यस्तै, यसपटक २५ हजार मानिस मात्र समारोहमा सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन।

गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन। कोरोनाका कारण कसैलाई पनि निम्तो नदिइएको बताइएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि उनले भ्रमण स्थगित गरेको थिए।

त्यस्तै कृषि कानूनविरुद्ध विगत २ महिनादेखि आन्दोलनरत किसानहरुले पनि ट्याक्टर र्याली निकालेका छन । किसानहरुले दिल्ली प्रवेश गर्ने सिंघु बोर्डरमा प्रहरीले राखेको बेरिकेट तोडेर दिल्ली प्रवेश गर्ने प्रयास गरेका छन ।

स्वतन्त्रता दिवसको परेडमा कुनै बाधा नपुगोस भन्दै सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button