नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल आज बुटवल जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज बुटवल जाँदैछन् ।

युवा संघ नेपाल, लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्षद्वय त्यसतर्फ जान लागेका हुन् ।

बुटवलमा आयोजना गर्ने कार्यक्रमलाई अध्यक्षद्वयका साथै अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेके युवा संघका नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपाल समूह प्रतिगमनका विरुद्ध आन्दोलित छन् । प्रचण्ड–नेपाल समूहले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button