कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने पनि बताएका छन् ।

बुधबार कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो खोप सबैको पहुँचमा हुनुपर्छ, गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’

सर्वसुलभ रुपमा खोप उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने उनको भनाइ छ । ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप नि:शुल्क उपलब्ध गराइने पनि बताए ।

सक्ने देशहरुले नसक्नेहरुलाई नि:शुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्नेमा ओलीले जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button