‘राइड टु सोमेश्वरगढी २०२१’ साइकल यात्रा आजबाट शुरु

डिलकुमारी नेपाल / चितवन, माघ १५ । आजबाट चर्चित विश्व साइकल यात्री पुष्कर शाह समेतको सहभागिता रहने माडीको सोमेश्वरगढीसम्म साइकल यात्रा हुने भएको छ ।

‘राइड टु सोमेश्वरगढी २०२१’ नाम दिइएको सो साइकल यात्रामा विश्व साइकल यात्री शाहसंगै देशैभरका साइकल यात्रीहरुको सहभागिता हुनेछ । ‘पर्यटन र पर्यावरण संगसंगै’ भन्ने नारासहित ‘एक सपना : साइकल र सफा नेपालको’ र ‘वा–बाइक’ नामका संस्थाद्वारा साइकल यात्रा आयोजना गर्न लागिएको हो ।

नेपालकै चर्चित १०० पर्यटकीय क्षेत्रहरुमा सुचिकृत सोमेश्वरगढीस्थित मुर्तीहरुको बगैंचा (स्ट्याचु गार्डेन)सम्म साइकल यात्रा गरी सोमेश्वर कालिकासम्म पदयात्रा गर्ने कार्यक्रम रहेको आयोजकहरुकाे भनाई छ।

साइकल यात्रीहरुको स्वागत गर्ने सन्दर्भमा माडीका विभिन्न संघसंस्था र सुरक्षा निकाय एवं भारतीय सीमा सुरक्षा बलले संयुक्त रुपमा सोमेश्वरगढी क्षेत्र सरसफाइ गरेका हुन्।

आज माघ १६ र भोली १७ गतेसम्म साइकल यात्रा गरी सोमेश्वरगढी पुगी फर्किने कार्यक्रम तालिका रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button