भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुल्ला

बैतडी, १६ माघ । सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुल्लागरेको छ ।

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुल्ला गरिएको जनाएको छ । मन्त्रालयका अनुसार बैतडीको झुलाघाट, दार्चुलाको खलङ्गा र पुलघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको हो ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल-भारत सीमा नाका बन्द गरेको थियो ।

नेपाली पक्षबाट पहिलादेखि नाकामा आवतजावत खुकुलो गर्न आग्रह गरिएको भएपनि भारतीय पक्षबाट भने त्यस्तो नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रुमख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सरकारको निर्णय बमोजीम नेपाली पक्षको तर्फबा झुलाघाट नाका खुला रहेको भएपनि भारतीय पक्ष अझै तयार भईनसकेको उहाँले बताउनुभयो । ‘यो बिषयमा दुवै देशका स्थानीय प्रशासनहरुबीच छलफल भईरहेको छ‘ उनले भने ।

सरकारको निर्णय हुनुभन्दा पहिला पनि झुलाघाट नाका प्रत्येक हप्ताको सोमबार र शुक्रबार खोल्ने सहमति भएपनि पछिल्लो समयमा त्यो सहमति पनि कार्यान्वयन नभएकाले तत्कालै भारतीय पक्षले नाका खोल्ने नखोल्ने बिषयमा जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button