आज नेकपा प्रचण्ड–माधव समूहको धनगढीमा शक्ति प्रदर्शन

काठमाडौं । कैलालीको धनगढीमा नेकपाको प्रचण्ड–माधव समूहले आज वृहत् शक्ति प्रदर्शन गर्दैछ ।
प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेता डा. भीम रावलले जानकारी दिए अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हाे ।
व्यापक जनसहभागितासहित प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भएको छ।’
नेता रावलले निरंकुशताकाविरुद्ध र लोकतन्त्रको पक्षमा आयोजना गरिने आन्दोलनमा सहभागी आम नागरिकलाई आह्वान पनि गरेका छन् ।