शहिद सप्ताहको अवसरमा जेसिजद्वारा रक्तदान कार्यक्रम
ज्ञानु खडका, बाँके । कोहलपुर जेसिज तथा जुनियर जेसिजको संयुक्त आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शहिद सप्ताहको अवसरमा शुक्रवार नेपाल रेडक्रस सोसाइटी बाँकेको रक्तसञ्चार इकाई कार्यक्रम कोहलपुरमा शहिदहरुले देशमा गर्नुभएको योगदानको सम्मान र सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
विश्वभर फैलिएको कोरोनाको महामारीलाई मध्यनजर गर्दै रगतको अभाव कम हुन नदिन यो कार्य गरिएको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।
स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी देशभर शहीद सप्ताह मनाइँदैछ ।
शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइने गरेको छ ।