भरतपुर सिटीहलको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल)को शिलान्यास गरेका छन् ।
शनिबार चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्न गए प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन्। शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा हुने बृहत आशभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ।
२५ मिटर अग्लो सिटी हलमा २०्२० क्षमताको दुई वटा लिफ्ट राखिने छ। २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी यसै वर्षको मंसिर १८ गते ठेक्का सम्झौता भएको हो। ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ।