खानेपानीमन्त्री थापाले श्री ५ को सरकार भनेकोमा माफी मागे

काठमाडौँ । खानेपानीमन्त्री मणि थापाले सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा भएको गल्तीप्रति क्षमा मागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्‍नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका हुन् ।

सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्दै भाषण गरेका थिए ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्‍नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ’ मन्त्री थापाले लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

प्रचण्ड समूह छाडेर ओली तर्फ लागेपछि मन्त्री बनेका थापाको उक्त भिडियो सामजिक सञ्जालमा अहिले भाइरल छ ।

प्रचण्ड समूह छाडेर ओली तर्फ लागेपछि मन्त्री बनेका थापाको उक्त भिडियो सामजिक सञ्जालमा अहिले भाइरल छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button