प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्चमा परेको सबै रिटमा निवेदकतर्फको बहस आजै सकिँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट निवेदकहरु तर्फको बहस आज सकिने भएको छ । विघटनविरुद्ध परेका १३ वटा रिटहरुमाथि निवेदकको तर्फबाट आज बहस सकिने भएको हो ।

गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिटहरु परेका थिए । ती सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

संवैधानिक इजलास हरेक साताको २ दिनमात्रै बस्ने प्रचलन भएपनि यो मुद्दामाथि बहसका लागि दैनिक इजलास बस्दै आएको छ । अहिलेसम्म प्रतिनिधि सभा विघटन विरुद्ध परेका १२ वटा रिटको निवेदकतर्फको बहस सकिएको अदालतले जनाएको छ ।

आज १३औँ रिटको पनि निवेदक तर्फको बहस सकाउने इजलासको तयारी छ । अब तुलसी सिंखडाले दायर गरेको रिटमाथि निवेदकको बहस बाँकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button