म्यानमारको सेनाले तत्काल सत्ता नछोडे कडा कदम चाल्ने अमेरिकाको चेतावनी

म्यानमारको सेनाले तत्काल सत्ता नछोडे कडा कदम चाल्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् ।
बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै अन्यथा अमेरिकाले उचित कदम चाल्ने चेतावनी दिएका छन् ।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने उल्लेख गरेका छन् । यसबारे छलफल गर्न आज(मंगलबार)संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाइएको छ ।