स्वाभिमानमा समाजसेवीहरु चयन

रातोपाटी न्यूज / सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्बिसे नगरपालिका ४ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
तेस्रो अधिबेशनले सञ्चालक समिति चयन गरेको छ । अधिबेशनले समाजसेवी नहेन्द्र बहादुर श्रेष्ठ (इन्द्रलाल) लाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा कुवेर श्रेष्ठ, सचिवमा कबितमान श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र बस्नेत, सहसचिवमा सुजितमान श्रेष्ठ पनि निर्बिरोध छनौट हुनु भएको छ । सदस्यहरुमा सुनिता शाक्य, सरस्वती श्रेष्ठ चयन हुनु भएको छ ।
लेखा समिति संयोजकमा अम्बर बहादुर श्रेष्ठ, श्याम बहादुर भुजेल, चन्द्र बहादुर श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ । सो सहकारीले सदस्यका जीवनस्तर उकास्दै कृषि, ब्यापार ब्यबसाय हायर पर्चेच जस्ता क्षेत्रमा कर्जा प्रवाह गदै आएको सचिव कबितमान श्रेष्ठले जानकारी दिनु भएको छ ।