बझाङको तल्कोटमा बाघ आतंक, बाघले खायो ११ भेडा

बझाङको तल्कोट गाउँपालिकामा बाघले एक वडा सदस्यका ११ वटा भेडा खाइदिएको छ।
आइतबार बाघले वनमा चराउन लगेका भेडा तल्कोट गाउँपालिका वडा नम्बर ३ वष्टिको तिर्मलीखान सामुदायिक वनबाट खाएको हो।
तल्कोट गाउँपालिका ३ का वडा सदस्य समेत रहेका यज्ञराज रोकायाले पालेका भेडा वनमा फरक–फरक ठाउँमा खाएको अवस्थामा भेटिएको स्थानीय कुम्भराज रोकायाले बताए। उनका अनुसार तल्कोटको सोही वडामा यसअघि पनि बाघले आतंक मच्चाउदै आएको थियो।