संवैधानिक आयोगमा सिफारिस भएका ४५ जना पदाधिकारीहरुलाई सपथ खुवाइँदै

काठमाडौँ । संवैधानिक आयोगमा सिफारिस भएका ४५ जना पदाधिकारीहरुको बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ। शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो।
यसअघि भएको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगलगायत संवैधानिक निकायका प्रमुखसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।
केही दिन अघि मात्रै संबैधानिक परिषद्ले गरेको सिफारिस सभामुख अग्नी सापकोटाले फिर्ता गरेका थिए ।