ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी
१६ स्थानबाट जुलुस, आज १० हजार मोटरसाइकल र्याली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । सो दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी गरेका छन् ।
माघ २३ गतेको जनसभाको प्रचार प्रसार गर्न भन्दै बुधबार (आज) काठमाडौंमा १० हजार मोटरसाइकलको र्यालीसमेत गर्ने तयारी गरेका छन् ।
शुक्रबार हुने जनसभाका लागि भने काठमाडौंका १६ स्थानबाट र्याली निकाल्ने तयारी गरिएको ओली पक्षले जनाएको छ ।
सो दिन बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्याली निकाल्ने तय भएको छ ।
चारैतिरको र्याली नारायणहिटी संग्राहलय अगाडि टुंगिनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको छ ।