ओली पक्ष युवा संघद्वारा वृहत मोटरसाइकल र्याली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्यालीको निकालेको छ ।
युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गरेको मोटरसाइकल -याली बालकुमारीबाट सुरु भएर सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने सम्म हुनेछ ।
र्यालीको उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ लगायतले शुभारम्भ गरेका थिए ।