प्रचण्ड-माधव समूहको हड्तालले ओली पक्षलाई धक्का, गृहमन्त्रीले सुरक्षा निकायलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले यहि माघ २३ गते अर्थात शुक्रबारका दिन काठमाडौंमा जनप्रदर्शन गर्ने जनाएको छ।

त्यसका लागि ओली पक्षले तयारी तिव्र पारिसकेको छ। तर, ओली पक्षले शक्ति प्रदर्शन गर्ने अघिल्लो दिन प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले आकस्मिक रुपमा आम हड्तालको आयोजना गरेपछि ओली समूहलाई धक्का लाग्ने देखिएको छ।

ओली समूहले शक्ति प्रदर्शनको लागि देशका विभिन्न ठाँउबाट राजधानीमा कार्यकर्ता भित्र्याउने तयारी गरेको छ।

प्रदर्शनको अघिल्लो दिन नेपाल बन्द भएपछि यातायातका साधन चल्न नसक्दा राजधानी बाहिरका कार्यकर्तालाई उपत्यकामा आउन समस्या हुने छ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा सहभागी हुन आउनेलाई जसरी पनि काठमाडौँ ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

प्रचण्ड र माधव नेतृत्वको नेकपाले आम हड्तालको घोषणा गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले बुधबार दिउँसो सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर कार्यक्रममा सहभागी हुन आउने कार्यकर्तालाई जसरी पनि सहज रूपमा काठमाडौं आउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले महानरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीलाई सुरक्षा रणनीति बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन समेत दिइसकेको छ।

नेकपाको एक पक्षले आमहड्ताल घोषणा गर्ने र अर्को पक्षले जसरी पनि मान्छे काठमाडौंमा उतार्ने घोषणा गरेसँगै मुठभेड हुनसक्ने विश्लेषण गर्दै प्रहरीले तयारी थालेको छ।

प्रतिनिधिसभा विघटन गरेपछि तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार दरबारमार्गस्थित नारायण हिटी संग्राहलयमा सभा गरेर शक्ति प्रदर्शन गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button