चुनाव गराउन निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब ७ करोड (विज्ञप्तिसहित)

आयोगले हिजो निर्णय गरेको र सोहीअनुसार आज मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट माग गरेको छ ।
सरकारले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेको थियो ।
