नेकपाद्वारा नेपाल बन्द घाेषणा, राजधानीका विभिन्न स्थानमा ताेकिए कमाण्डर

काठमाडाैं । नेकपाकाे प्रचण्ड–माधव समूहले भाेलि नेपाल बन्दकाे घाेषणा गरेकाे छ । भाेलि देशमा अस्पताल, एम्बुलेन्स, पत्रकार, दुध, पानी, कुटनीतिक नियाेग, प्रहरी र सेना बाहेक सबै यातायात र बजार पूर्ण रूपमा बन्द रहने नेकपाले जनाएकाे छ ।

त्यसैगरि परीक्षा दिने विद्यार्थीलाई प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लियर जाँदा छुट दिने बन्दकर्ता बताएका छन् । राजधानीमा बिशेष गरेर नेकपाले शीर्ष नेताहरूकै नेतृत्वमा टाेलीहरू खटाएकाे छ ।

नेकपाले कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा तोकेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button