नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, उपत्यकाबाट ६० जना नियन्त्रणमा

काठमाडौं । प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) पक्षले आज गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ ।

नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका दाहाल–नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विहान ७ बजे सम्म ६० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको एसएसपी अशोक सिंहले जनाएका छन ।

राजधानीको गोंगबूमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएकाे महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button