गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जनालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ । आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन् ।

बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए ।

‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने।
सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो ।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन् । अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको एसएसपी सिंहले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button