सुदूरपश्चिममा पनि प्रचण्ड–नेपाल समूहको बन्दको प्रभाव

बैतडी / नेकपाको प्रचण्ड नेपाल समूहले गरेको बन्दको प्रभाव सुदूरपश्चिमको बैतडी सहित सबै जिल्लामा परेको छ ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । यस्तै बजारहरु पनि बन्द रहेका छन् ।

बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै धेरैले बन्दको विरोध समेत गरेका छन् । तर नेकपाको प्रचण्ड –नेपाल समूहले सरकार संविधान मिचेर अघि बढेको हुनाले आन्दोलनमा उत्रेको बताएको छ ।

सरकारको स्वेच्छारिताका विरुद्ध आमहड्तालको घोषणा गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहका राष्ट्रिय युवा संघ इन्चार्ज कमल बोहराले बताउनुभयो ।

बन्दका कारण बैतडीका मुख्य बजारहरु बन्द रहेका छन् भने सवारी साधन सञ्चालन आउन सकेका छैनन् । यस्तै दार्चुलाको गोकुलेश्वरबाट भने सुरक्षाकर्मीले स्कटिङमा गाडी पठाएको छ ।

तराईबाट गएराती आएका गाडीहरुलाई आज बिहान सुरक्षाकर्मीको स्कटिङमा गन्त्व्य तर्फ पठाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button