बाजुरामा हिमपात र बर्षा, यातायात सेवा बन्द

बाजुरामा बिहीवार रातिदेखि हिमपात र वर्षा भएको छ। जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा भएको हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ भने यातायात सेवा पनि प्रभावित भएको छ।
बडिमालिका नगरपालिका, बुढिन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपातसँग वर्षा भइरहेको छ।
मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पर्ने पोरखे लेकमा भएको हिमपातका कारण यातायातका साधान सञ्चालनमा अवरोध भएको छ। तर हिमपातले किसानहरु भने खुसी भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button