राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाएर सभामुखले सर्वोच्चमा दर्ता गरे रिट
सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो

काठमाडौं । संवैधानिक निकायहरुमा भएका नियुक्तिहरु खारेजीको माग गर्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत गएका हुन् ।
संविधान तथा कानून विपरित संवैधानिक निकायहरुमा नियुक्ति गरिएकाले खारेजीको माग गर्दै सभामुख सापकोटा शुक्रबार आफैं रिट दर्ता गर्दा सर्वोच्च अदालत पुगेका हुन् ।
सभामुख सापकोटाले आफू समेत सदस्य रहने व्यवस्था भएको संवैधानिक परिषदको सिफारिस, सिफारिसअनुसार संवैधानिक निकायहरुमा गरिएको नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारशाही (सपथ) समेत बदर गरीपाउँ भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सोही विषयसँग सम्बन्धित एउटा रिट विचाराधीन रहकै अवस्थामा सभामुख सापकोटाले स्वयं उपस्थित भएर अर्को रिट दर्ता गराएका हुन् । सभामुखको रिट दर्ता गरी पेशीमा समेत चढाइएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । सभामुखले दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ ।
सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकियो
सापकोटाले रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश सहित ३९ जनालाई विपक्षी बनाएका छन् । उक्त रिटबारे जानकारी दिन सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन समेत गर्दैछन् ।
संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी तोकिएको छ । सर्वोच्च अदालतले आइतबारलाई पेसी तोकेको हो ।
सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए । सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकाय अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए ।
कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।