बैतडीको झुलाघाट नाका खोल्न भारतको सहमती, भोलीदेखि सहजै आवतजावत गर्न सकिने

बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका खुल्ने भएको छ । भोली शनिबारदेखि नियमति रुपमा नाका खुल्ने भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको भारतसगं सीमा जोडिएका बिभिन्न नाकाहरु खुला गर्ने निर्णय बमोजिम झुलाघाट नाका पनी खुला गर्न लागिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभएको छ । “हामीले नियमित रुपमै नाका खुला गर्न आग्रह गरेका थियौ, अब सुचना जारी गरेको छ नियमित रुपमै खुला हुन्छ होला” उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सुचना जारी गर्दै आबश्यक काम भएका अलपत्र परेका नेपाली र भारतीय नागरिकहरुलाई तोकिएको स्वास्थ्य तथा सुरक्षाको पुर्ण मापदण्ड पालना गरी आवात जावत गर्न सकिने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button