सवारी चापको व्यवस्थापन गर्न ललितपुर महानगरले केही स्थानमा गरयो चार चारपाङग्रेलाई निषेध

ललितपुर / ललितपुर महानगरपालिकाले आइतबारदेखि चारपाङग्रे सवारी साधनलाई यूनएनपार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनढोका (गेट) तर्फ जान निषेध गरेको छ ।

सवारी चापको व्यवस्थापनसँग-सँगै दुर्घटना हुन नदिन महानगरले बिहान सात बजेदेखि राति आठ बजेसम्म यी स्थानमा चारपाङग्रे सवारीसाधनलाई यी स्थानमा निषेध गरेको हो ।

महानगरप्रमुख चिरीबाबु महर्जनले व्यवस्थित सहरका लगि ट्राफिक व्यवस्थापन महत्वपूर्ण भएको बताउँदै महानगरले महानगरीय ट्राफिक गुरुयोजना तयार पारेको बताए । उनले भने, ‘ उक्त गुरुयोजना अन्तर्गत यो काम महानगरले थालेको हो, चरणबद्ध रुपमा ट्राफिक व्यवस्थापनका लागि अन्य काम पनि अब अघि बढाउँछौं ।’ ललितपुर महानगरले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंसँग समन्वय गरिसकेको प्रमुखले बताए ।

उनले उक्त रुटमा चारपाङग्रे सवारीसाधन चलाउनेलाई महानगरले नगरलाई व्यवस्थित बनाउन थालेको काममा आफूले गरेको योगदानको रुपमा लिइदिन अनुरोध गरे ।

ललितपुर महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले यो नियमले सवारी व्यवस्थापन गर्न सजिलो हुने बताए । ट्राफिक जामका कारण हुने समस्या समाधान गर्न अब सजिलो हुने उनको धारणा थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button