कञ्चनपुरमा १८ वर्षिया किशोरीले गरिन झुण्डिएर आत्महत्या

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ४ बगुन बस्ने एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

स्थानीय कैलाश रेगामीकी १८ वर्षिया छोरी हेमा रेगामीले नजिकै घर रहेको आफ्नो मामा घरमा शनिबार साँझ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार उनले दोपट्टाको पासो लगाएर झुण्डिएकी हुन्। घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको धुरीमा झुण्डिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button