मानवअधिकार आयोगद्वारा भागरथी भट्टका हत्यारालाई कानुनी दायरामा ल्याउन माग

राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी १७ बर्षीया बालिका भागरथी भट्टको हत्यारालाई कारवाहीको दायरमा ल्याउन माग गरेको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

आयोगद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

‘आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ। विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जंगलमा विभत्स हत्या गरी निजलाई फालिएको बुझिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको आयोगको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button